काठमाडौं । काठमाडौं महानगरको ‘कोर एरिया’ मानिने वडा नम्बर २१ को एक हजार मतगणना हुँदा एमालेका मेयर उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन् ।
भर्खरैको मतपरिणाम अद्यावधिक अनुसार स्थापितले ३७३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५५ मतसहित दोस्रो स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार बालेन साह भने २२३ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।