काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्रौउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन् ।
युवतीले पाण्डेले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेकी हुन्।
शनिबार स्वयम्भुबाट पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन्।