• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच भेटवार्ता

जेष्ठ ८ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र  नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाबीच  भेटवार्ता भएको  छ ।

शुक्रबार तीन दिने भ्रमणका लागि आएकी उपमन्त्री जियाले शनिबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हु्न् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो । उनी भारतको नयाँँ दिल्ली हुँदै नेपाल भ्रमणमा आएकी हुन् ।