काठमाडौं । कैलालीको धनगढीमा गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार कन्दकला राना विजयी भएकी छन् । हमाल २६ हजार ८ सय ६५ मत ल्याएर मेयरमा विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको भाग पाएका नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर नृप वडले १४ हजार ८ सय १७ मत पाए ।
गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको यो १२ हजार ४८ को मतान्तर हो । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले भने ९ हजार १ सय १५ मत पाए ।
उपमेयरमा गठबन्धनको भाग पाएकी नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारी एमालेकी उम्मेदवार कन्दकला रानासँग पराजित भइन् । रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत पाइन् ।