• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरमा बालेन १७ हजार मतान्तरले अगाडि, एमाले उम्मेदवार केशव स्थापित तेस्रो

जेष्ठ ८ २०७९, आईतवार

काठमाडौं । काठमाडौं महानगरको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै छ ।

भर्खरेको अद्यावधिक मतपरिणामअनुसार कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् ।

बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा बालेनले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् ।

दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् ।

तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।