• बैशाख २३ २०८३, बुधबार

भरतपुर महानगरमा माओवादी केन्द्रका उम्मेदवारभन्दा एमाले-राप्रपाका उम्मेदवार ७ हजार मतले पछाडि

जेष्ठ ८ २०७९, आईतवार

चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहालले फराकिलो अग्रता कायम राखेकी छन् । ८९ हजार ४०८मत गन्दा उनको अग्रता ७ हजार ३८८ रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् ।

अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।