• बैशाख २३ २०८३, बुधबार

काठमाडौँ महानगर अपडेट : बालेनलाई १६ हजार भन्दा बढी मतको अग्रता

जेष्ठ ७ २०७९, शनिबार

काठमाडौँ। काठमाडौं महानगरपालिकाकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र शाहले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो प्राप्त मत परिणाम आनुसार शाहले १६ हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।

अपराह्न ५ बजे सम्मको परिणामअनुसार शाहले ३५ हजार ३७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत प्राप्त गरेकी छन्।

९६ हजार ९४४ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन्।

अहिलेसम्म ५१ प्रतिशत मतगणना सकिसकेको छ। ४९ प्रतिशत मत गन्न बाँकी नै रहँदा शाहले स्थापितसँग १६ हजार १२६ को मतान्तर बनाएका हुन् ।

अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।