धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वार्ड नम्बर ३ मा ३ दर्जन युवा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि आएका नवप्रवेशीलाई एक कार्यक्रमकाबिच बधाइ सहित स्वागत गरियो ।
नेपाल कम्युनिस्ट पार्टी(बहुमत)मा प्रवेश गर्नेहरू यसप्रकार रहेका छन् । कांग्रेसबाट ललित भण्डारी, देशराज चौधरी, दिनेश चौधरी, जमुना चौधरी, प्रदिप चौधरी, अमृत चौधरी रहेका छन् ।
त्यसैगरि माओवादी केन्द्रबाट सुरज चौधरी, हिमेश चौधरी, विपिन चौधरी, अंकित चौधरी, रविना चौधरी, अजय चौधरी, सुरेश चौधरी, विवश चौधरी रहेका छन् ।
साथै राप्रपाबाट पनि नेकपा (बहुमत)मा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा कुमारी थारू, सरिता थारू, सृजना चौधरी रहेका छन् ।
त्यस्तै नेकपा एमालेबाट शोभा चौधरी, सर्मिला रानाथारू रहेका छन् । यता विप्लव नेतृत्वको नेकपाबाट पनि नेकपा(बहुमत)मा प्रेम विक, विजय चौधरी, प्रविन चौधरी, आशाराम चौधरी, हरि चौधरी, रामभजन चौधरी रहेका छन् भने खुम्बु चौधरी जनमोर्चाबाट नेकपा (बहुमत) मा प्रवेश गरेका छन् ।
एकीकृत जनक्रान्ति मार्फत् वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षरत विप्लव नेकपा संसदीय चुनावमा गएपछि धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपा(बहुमत) पार्टी बनाइएको हो ।