काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना र परिणाम आउनेक्रम जारी नै छ । अहिलेसम्म ६८२ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८२ स्थानीय तहको नतिजा आइसकेको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसले ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०३ स्थानीय तहको नेतृत्व पाएको छ ।
नेकपा (एमाले)ले ६५ नगर र १२० गाउँपालिका गरी १८५ मा विजय हासिल गरेको छ । कांग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ ।
माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ ।