काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ३१ हजार ४५९ मत प्राप्त गरेका छन् ।
८४ हजार ७९१ मतगणना हुँदा बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १६ हजार ६९१ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६ हजार ४८२ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ गरी दश वडाको मतगणना सम्पन्न भएको छ ।