• बैशाख २३ २०८३, बुधबार

भरतपुर महानगर अपडेट : ६४ हजार १ सय भन्दा बढी मत गन्दा रेणुलाई करिब ४ हजारको अग्रता

जेष्ठ ६ २०७९, शुक्रबार

चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालले करिब चार हजार मतको अग्रता लिएकी छन्।

शुक्रबार राति सवा १० बजेसम्मको मतपरिणाम अनुसार दाहालले ३९९७ मतको अग्रता बनाएकी हुन् ।

अहिलेसम्म त्यहाँ ६४ हजार १ सय ८५ मतगणना भएकाेमा गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी दाहालले २४ हजार ६ सय ६० मत ल्याएकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २० हजार ६ सय ६३ मत पाएका छन्।

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत ल्याएका छन्।

यस्तै उपमेयरमा गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७ सय ९४ मत पाएका छन् भने एमालेको समर्थन रहेको राप्रपाकी हिमला गुरूङले १६ हजार १ सय ६९ मत ल्याएकी छन्।

भरतपुरमा अहिलेसम्म १ देखि १२ नम्बर वडासम्मको मतगणना सकिएको छ भने १३ र १४ को गणना जारी छ।