काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ७१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय, नेकपा एमालेले १ सय ८३, नेकपा माओवादी केन्द्रले १ सय १६, जनता समाजवादी पार्टी (जसपा) ले २०, नेकपा (एकीकृत समाजवादी) ले १५ र अन्यले ३७ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ७४, नेकपा एमालेले २ सय ६, नेकपा (माओवादी केन्द्र) ले १ सय २२, जनता समाजवादी पार्टी (जसपा) ले १६ र अन्यले ५४ स्थानमा विजयी हासिल गरेको छ ।
त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ४ सय ५३, नेकपा एमाले १ हजार ९ सय ५२, नेकपा (माओवादी केन्द्र) १ हजार ११, जनता समाजवादी पार्टी २ सय ५५ र अन्यले ५ सय ३९ गरी ६ हजार २ सय ५० वटा वडामा वडा अध्यक्ष विजयी भएको आयोगले जनाएको छ ।