• बैशाख २८ २०८३, सोमबार

एमालेको विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

जेष्ठ ५ २०७९, बिहीबार

मोरङ। मोरङमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

जिल्लाको सुनवर्षी नगरपालिका -६ स्थित सिटौला टोलमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्। घाइते मध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर छ। उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
अन्य ३ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घाइते सामान्य उपचारपछि घर फर्किएको बताइएको छ।

को २ च १४३७ नम्बरको ट्याक्टर बिहीबार दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।