• बैशाख २३ २०८३, बुधबार

भारतपुर महानगर अपडेट : रेणुलाई ३ हजार २ सय भन्दा बढी मतको अग्रता

जेष्ठ ५ २०७९, बिहीबार

चितवन। भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ३ हजार २७९ मतको अग्रता लिएकी हुन् । दाहालले १६ हजार ६८९ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले १३ हजार ४१० मत पाएका छन् ।

मतगणनाको सुरुवातमा दाहाल र सुवेदीबीच कडा टक्कर देखिएको मत परिणाम पछिल्लो समय भने दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९१५ मत प्राप्त गरेका छन् ।