• बैशाख २३ २०८३, बुधबार

वडाध्यक्ष विजयी भएको एक सातापछि मत नगनेको मतपेटिका भेटिएपछि खैलाबैला

जेष्ठ ५ २०७९, बिहीबार

काठमाडौै । महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ।

गएको वैशाख ३१ गते नै बर्दिबास -८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो । निर्वाचन अधिकृतले बर्दिबास -८ मा माओवादी केन्द्रका उम्मेदवार समशेरसिंह लामा एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए ।

लामाले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए । बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो।

मतपत्रले भरिएको मतपेटिका फेला परेपछि मतगणना स्थलमा खैलाबैला मच्चिएको छ। बर्दिबास नगरपालिकाको मतगणना एक सातादेखि बर्दिबासस्थित कभर्ड हलमा चलिरहेको छ।