• बैशाख २३ २०८३, बुधबार

अर्घाखाँचीमा तीन पालिका जित्दै एमाले बन्यो ठूलो पार्टी

जेष्ठ ५ २०७९, बिहीबार

काठमाडौं । अर्घाखाँचीमा ६ मध्ये तीन पालिका जित्दै नेकपा एमाले ठूलो दल बनेको छ। अघिल्लो स्थानीय निर्वाचनमा एउटा मात्र पालिका जितेको एमालेले यसपटक कांग्रेसबाट दुई वटा पालिका खोसेको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले ४ पालिका जितेको थियो। तर यस पटक दुई स्थान गुमाएको छ । यसअघि छत्रदेव, पाणिनी, सन्धीखर्च र सितगंगा जितेको थियो। माओवादी केन्द्रले भुमिकास्थान र एमालले मालारानीमात्र जितेका थिए।

यसपटक एमालेले कांग्रेसबाट पाणिनी गाउँपालिका र सन्धिखर्क नगरपालिका खोस्न सफल भएको छ। एक पालिकामा जनमोर्चाले जित हात पारेको छ।

यस्तो छ पालिकाको अवस्था
१. छत्रदेव गाउँपालिका
प्रमुख चन्द्रमान श्रेष्ठ/कांग्रेस
उपप्रमुख मनी पन्थी/एमाले

२. पाणिनी गाउँपालिका (एमालेले कांग्रेसबाट खोसेको )
प्रमुख टेकराज न्यौपाने/एमाले
उपप्रमुख नर्मदा गौतम पौडेल/एमाले

३. भुमिकास्थान नगरपालिका माओवादी (गठबन्धन)
प्रमुख छविलाल थापा/जनमोर्चा
उपप्रमुख बालकृष्ण बन्जाडे/माओवादी केन्द्र

४. मालारानी गाउँपालिका (एमाले कायमै)
प्रमुख दलबहादुर भट्टराई/एमाले
उपप्रमुख दिपा पोखरेल/एमाले

५. सन्धिखर्क नगरपालिका (कांग्रेसबाट खोसेको)
प्रमुख कृष्णप्रसाद श्रेष्ठ/एमाले
उपप्रमुख मिश्रा आचार्य/एमाले

६. सितगंगा नगरपालिका (कांग्रेसले कायमै राखेको)
प्रमुख छविलाल पौडेल/का‌ग्रेस
उपप्रमुख गीता भाट/एमाले