• बैशाख २३ २०८३, बुधबार

रेशम चौधरीको पार्टी भजनी नगरपालिकामा विजयी

जेष्ठ ५ २०७९, बिहीबार

काठमाडौं । कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरीको पार्टीले विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट केवल चौधरीले प्रमुख र उपप्रमुखमा राजु तिरुवा विजयी भएका हुन् ।

उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराएका हुन् । अन्तिम परिणाम आधिकारिक रुपमा घोषणा गरिएको छैन ।

चाैधरीकाे पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरकाे प्रमुख र उपप्रमुख दुवै नागरिक उन्मुक्ति पार्टीले जितिसकेको छ ।