चितवन । भरतपुर महानगरपालिकाको ८ वटा वडाको गणना सकिँदा रेनु दाहालले मेयर पदमा मतान्तर बढाउँदै लगे पनि उनको पार्टी माओवादी केन्द्रले वडा सदस्य पनि जित्न सकेन ।
८ वटा वडामा माओवादीले १० जना वडा सदस्यका उम्मेदवार उठाएको थियो । तर उनीहरू कसैले पनि जित्न सकेनन् ।
८ वडाका ३२ जना सदस्यमा कांग्रेसका २२, एमालेका ९ र राप्रपाका १ जना निर्वाचित भएका छन् ।