सल्यानका १० वटा पालिकामध्ये ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार बागचौर नगरपालिकाको भने नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।
हालसम्म प्राप्त नतिजा अनुसार शारदा नगरपालिकामा काँग्रेसका प्रकाश भण्डारी ६२१७ मतका साथ विजयी भएका छन् । यस्तै उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार ५३८० मतका साथ विजयी भएकी छन् ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकामा माओवादीका कर्णबहादुर बुढाथोकी ७४६६ मतका साथ विजयी हुँदा उपमेयरमा काँग्रेसका पुरुषोत्तम आचार्य ५४३५ मतका साथ विजयी भएका छन् ।
यस्तै, कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीकी दुर्गा पुन ३१६० मतका साथ विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मतका साथ विजयी भएका छन् ।
यस्तै सिद्धकुमाख गाउँपालिकामा काँग्रेसका भरत गिरी २१७१ मतका साथ विजयी हुँदा उपाध्यक्षमा माओवादीका रामबहादुर बस्नेत २०३५ मतका साथ विजयी भए ।
यस्तै त्रिवेणी गाउँपालिकामा काँग्रेस खिमबहादुर रावत ३३६९ मतका साथ विजयी हुँदा उपाध्यक्षमा काँङ्ग्रेसकी सीता खड्का पुन ३१८६ मतका साथ तथा कुमाख गाउँपालिकामा काँग्रेसका मानबहादुर बुढाथोकी विजयी हुँदा उपाध्यक्षमा एमालेका लालबहादुर रावत ४१४३ मतका साथ विजयी भए ।
यसैगरी कालिमाटी गाउँपालिकामा एमालेका दानबहादुर खत्री ३०६२ मतका साथ विजयी हुँदा उपाध्यक्षमा एमालेका सहनशीलता वली डिसी २९६७ मतका साथ विजयी भइन् ।
यसैगरी दार्मा गाउँपालिकामा माओवादी केन्द्रका निमबहादुर केसी ४४६४ मतका साथ विजयी हुँदा उपाध्यक्षमा माओवादीकी जुना मल्ल ४४६६ मतका साथ विजयी भइन् ।
यसैगरी छत्रेश्वरी गाउँपालिकामा एमालेका ओजबहादुर बुढाथोकी ३८९२ मतका साथ विजयी हुँदा उपाध्यक्षमा पनि एमालेका बुद्धा केसी ३३८२ मतका साथ विजयी भइन् ।