• बैशाख २३ २०८३, बुधबार

एमालेले आत्मसमिक्षा गरे वाम आन्दोलनलाई हित हुन्छ : श्रेष्ठ

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गरे ।

‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्यो । राष्ट्र, लोकतन्त्र र स्वयम् एमालेको निम्ति पनि यसो गर्नैपथ्र्यो । ढिलै भए पनि विवेकले काम गर्यो । राम्रो गर्यो,’ उनले लेखेका छन् ।

एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने उनले बताएका छन् । देश, जनता र वाम आन्दोलनको हित सोच्न पनि उनको आग्रह छ ।

नेता श्रेष्ठ लेख्छन्, ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं ।’