• बैशाख २३ २०८३, बुधबार

गठबन्धनलाई हराउँदै सिन्धुलीको फिक्कलमा एमाले विजयी

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्दै सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार नेपाली कांग्रेसका नृप भुजेललाई ४५ मतले हराउँदै एमालेकी पार्वती सुनुवार अध्यक्षमा निर्वाचित भइन्। पार्वतीले ३ हजार ४९१ मत ल्याउँदा कांग्रेसका भुजेलले ३ हजार ३७९ मत ल्याए। सुनुवार फिक्कल गाउँपालिकाको निवर्तमान उपाध्यक्ष समेत हुन्।