• बैशाख २३ २०८३, बुधबार

दोधारा-चाँदनी नपामा फरक-फरक पार्टीबाट श्रीमान-श्रीमती विजयी

जेष्ठ ४ २०७९, बुधबार

कञ्चनपुर । स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् र श्रीमती विजयी भएका छन् ।

विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन् ।

सन्दीप एमालेबाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए । सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन् ।

पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारिक कटुता नभएको उनीहरूले बताए । दुवै जनाले जनताको सेवक बनेर कार्य गर्ने बताएका छन् । दुबै जना दोधारा–चाँदनीमा सामाजिक अभियन्ताका रुपमा समेत परिचित रहेका छन् ।