• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह मतपरिणाम: १२१ वटाको प्रमुखमा एमाले विजयी

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न हुँदा १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका हुन् ।

हाल मतगणना भइरहेकामध्ये ७२ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२४ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् ।

हाल मतगणना भइरहेकामध्ये १११ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनिसकेका छन् ।

गत वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तहमा एकसाथ मतदान भएको थियो ।