• बैशाख २३ २०८३, बुधबार

काठमाडौंको शङ्खरापुर र झापाको हल्दिबारीमा राप्रपाको जित

जेष्ठ ४ २०७९, बुधबार

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकाबाट खाता खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा पनि जितेको छ ।

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले जितका हुन् । उनी यसअघ पनि सोही गाउँपालिकामा अध्यक्ष थिए । एमालेका डम्बर गिरीलाई एक हजार १९० ले पछि पार्दै राप्रपाको दोस्रो जित भएको हो ।

लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । एमालेका गरीले ४ हजार ६६६ मत ल्याए । कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत ल्याए ।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएकी छिन् । मैनालीले पाँच हजार ७८ मत ल्याउँदा उनका एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याइन् ।