काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भाईको निधन भएको छ ।
कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको हो ।
काठमाडौंको वीर अस्पतालमा क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट कांग्रेसलाई क्षति भएको महरले बताए ।