• बैशाख २३ २०८३, बुधबार

गिरिराजमणि पोखरेलकै वडामा माओवादी केन्द्र पराजित

जेष्ठ ३ २०७९, मंगलवार

महोत्तरी । नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो । अघिल्लो निर्वाचनमा

माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् ।

विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेका छन् । बर्दिबास–३ मा नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीनवटा सिट गुमाएको छ भने नेपाली कांग्रेसले दुईवडा गुमाएको छ ।