• बैशाख २३ २०८३, बुधबार

दाङको बबईमा कांग्रेसका केसी र खड्का विजयी, अरु कस्ले कति मत ल्याए ?

जेष्ठ ३ २०७९, मंगलवार

दाङ । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । पछिल्लो मत परिणाम अनुसार पालिका अध्यक्षमा कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६१५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुवनेश्वर पौडेलले पाँच हजार ५३८ मत प्राप्त गरे । पौडेलले २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेका थिए ।

यसपटक पनि पार्टीले उनैलाई उम्मेदवार बनाएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका भिमबहादुर वलीले दुई हजार १८ मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४०० मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रा विश्वकर्माले पाँच हजार ४१४ मत प्राप्त गरिन् । उनी पनि यसअघि सोही गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले दुई हजार २५६ मत प्राप्त गरिन् । बबईका सात वटा वडामध्ये चार वडामा नेपाली कांग्रेस र तीन वडामा नेकपा एमाले विजयी भएको छ ।