• बैशाख २३ २०८३, बुधबार

जनकपुरमा कांग्रेसका बागी उमेदवार साह अग्रस्थानमा

जेष्ठ ३ २०७९, मंगलवार

काठमाडौं । जनकपुरको जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोजकुमार साहले ३१५९ मत ल्याएर अग्रता कायम राखेका छन् ।

सो पालिकाको १ देखि ५ नम्बर वडाको मतगणनापछि दोब्बर बढी मतले साहले अग्रता कायम राखेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह (हिरा)ले १४८१ मत ल्याएर पछ्याइरहेका छन् ।

स्वतन्त्र उमेदवार बलराम महतो ८६३, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ७३१ मत ल्याएका छन् । सत्ता गठबन्धनका उमेदवार लालकिशोर साह ४२९ मत ल्याएर अहिले पाँचौँ स्थानमा छन् ।