• बैशाख २३ २०८३, बुधबार

जाजरकोटमा कांग्रेस-माओवादी गठबन्धनका रावत र सिंह विजयी

जेष्ठ ३ २०७९, मंगलवार

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीलाई १९७३ मतान्तरले पराजित गरेका हुन् ।

माओवादी केन्द्रका रावतले ५५९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३६२६ मत पाए ।
उपप्रमेयरमा भने नेपाली कांग्रेसकी सुरिता सिंहले ५४०६ मतका साथ विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २०१३ मतान्तरले पराजित गरिन् ।
एमालेकी बोहराले ३३९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।