काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना र मतपरिणाम आउनेक्रम जारी नै छ । यद्यपि मतपरिणाम सार्वजनिक हुन अझै बाँकी रहँदा देशका विभिन्न स्थानीय तहमा राप्रपाले पनि जित हासिल गर्दै आएको छ ।
पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३५ वडामा विजय हासिल गरिसकेकोछ । उसले हालसम्म विभिन्न नगर तथा गाउँपालिकामा ३५ वडाध्यक्ष जितेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाए ।
उनले भने, २ सय ५० भन्दा बढी वडा सदस्यमा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।