• बैशाख २३ २०८३, बुधबार

भरतपुर महानगरपालिकाको मतगणना रोकियो

जेष्ठ २ २०७९, सोमबार

चितवन । नेकपा (एमाले)का प्रतिनिधिको विरोधपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मत गणना रोकिएको हो ।

उमेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबडी गरेको भन्दै एमाले प्रतिनिधिहरूले नाराबाजी गरेपछि गणना रोकिएको हो ।

दुवै पक्षबीच सहमतिको प्रयास भइरहेको छ ।