चितवन । मुग्लिन-काठमाडौं सडकखण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुखलाई पन्छाउने प्रायस भइरहेको बताइएको छ।