• बैशाख २३ २०८३, बुधबार

दाङको राजपुर गाउँपालिकामा कांग्रेसका बुढाथोकी निर्वाचित

जेष्ठ २ २०७९, सोमबार

दाङ । स्थानीय निर्वाचानको नतिजा आउने क्रममा दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार शरदकुमार बुढाथोकी निर्वाचित भएका छन् । उनी ३ हजार ९८० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नकेपा एमाओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत मात्रै ल्याए । यस्तै नेकपा एमालेका कुलराज गिरीले २ हजार ९२२ मत पाए ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै धनपति देवी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ८३६ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता यादवले २ हजार ९०७ मत प्राप्त गरिन् ।