• बैशाख २३ २०८३, बुधबार

भरतपुर महानगर अपडेट: एमाले उम्मेदवार विजयलाई ३८ मतको अग्रता

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। जारी मतगणनामा एमाले उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार विजय सुवेदीले ४हजार ४५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ४१३ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १९४० मत पाएका छन् ।