• बैशाख २३ २०८३, बुधबार

रेणु दाहाललाई पछि पार्दै विजय सुवेदीले लिए अग्रता

जेष्ठ २ २०७९, सोमबार

भरतपुर ।  चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।

११३२८ मत गणना गर्दा एमालेका उम्मेदवार सुवेदीले ३९४४ मतसहित अग्रता कायमै राखेका छन ।माओवादी केन्द्रकी रेणु दाहाल ३८९४ मतका साथ सुवेदीलाई पछ्याई रहेकी छन ।भरतपुरमा सुवेदी र दाहालबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १५७२ मत पाएका छन् ।उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले  ४४७६ मत पाएका छन भने  राप्रपाकी हिमला गुरुङको ३०७० मत प्राप्त गरेकी छन ।