भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ। नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्।
यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन: मेयर निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४०७ मत मात्रै ल्याए । प्रजापतिले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कासुलालाई २५ हजार ८४५ मतको अन्तरले पछि पारे ।
उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ७५९ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत ल्याइन्।