काठमाडौं । दार्चुलाको लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी विजयी भएका छन् ।
आइतबार मध्यरातमा सकिएको मतगणनाअनुसार जोशीले २ हजार ९७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका परमानन्द जोशीले २ हजार ४४५ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी माधवी जोशी विजयी भएकी छन् । उनले २ हजार २८५ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुना जोशीले २५५४ मत पाएकी छन् ।