काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले सोमबारदेखि मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।
काठमाडौं महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए ।