• बैशाख २३ २०८३, बुधबार

भरतपुर महानगरको १ र २ वडा मतगणना सकिँदा रेणु थोरै मतले अगाडि

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा एकीकृत माओवादी केन्द्रकी रेनु दाहालले झिनो मतान्तरले अग्रता कायम गरेकी छिन् ।

८०८५ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार रेनु दाहालले २ हजार ९१८ मत पाएक छिन् । एमालेका विजय सुवेदीले २ हजार ९१५ मत ल्याएका छन् । रेनु र विजयबीचको मतान्तर ३ मात्रै छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।