काठमाडौं । दार्चुला सदरमुकाम खलंगा रहेको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् ।
एमालेका नगर प्रमुख पदका उम्मेदवार नरसिंह चैसिर ५ हजार १३ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए। चैसिर १ हजार १ सय २६ मतान्तरले मेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।