• बैशाख २३ २०८३, बुधबार

काठमाडौंमा कांग्रेसले जितेको वडामा मतपत्र बढी भेटिएपछि बढ्यो विवाद

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको वडा नं ३ मा मतपत्र ९ वटा बढी भेटिएपछि विवाद उत्पन्न भएको छ । नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको स्थानमा ९ वटा मत बढी भेटिएको विषयमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत दलहरूको विवाद उत्पन्न गरेका हुन् ।

मत विवाद मिलाउन काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत सबै दलका प्रतिनिधि बसेर विवाद टुङ्ग्याउने प्रयास भइरहेको चन्द्रागिरी राप्रपा प्रतिनिधि नन्ददास अमात्यले बताए ।