• बैशाख २३ २०८३, बुधबार

विराटनगर महानगर : मेयरमा कांग्रेस उपमेयरमा एमालेको अग्रता

जेष्ठ १ २०७९, आईतवार

विराटनगर ।  विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले २५८३ र एमाले उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६ मत प्राप्त गरेकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत प्राप्त गरेकी छन् ।