काठमाडौं । बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदार उज्वल बोहराले ६ सय १३ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी डोल्मा तामाङले ६७५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याएकी छन् ।