• बैशाख २३ २०८३, बुधबार

काठमाडौंमा बालेन्द्रको अग्रता : को कति मत अन्तरले पछाडी ?

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले उत्साहजनक मत ल्याएका छन् ।

उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याएका छन् ।

सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छिन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४२७ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् ।