• बैशाख २३ २०८३, बुधबार

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।
अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी विष्टले २ हजार ४ सय ७ मत ल्याएकी छिन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरेकी छिन् ।