काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार खिलध्वज पन्थी विजयी भएका छन् ।
नेपाली काँग्रेस गुल्मीको जिल्ला सभापति समेत रहेका पन्थीले ८ हजार ६१४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेले ७ हजार ३२० मत प्राप्त गरेका छन् ।