बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । उपमहानगरमा १४ सय मत गणना गर्दा काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतसहित अग्रता बनाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका काँग्रेसका पाण्डेलाई राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् । यस्तै नेकपा एमालेका बाबुराम भट्टराई २३९ प्राप्त गरी तेस्रो स्थानमा छन् ।
यता उपप्रमुखमा भने राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । राप्रपाकी पाण्डेलाई एमालेकी सावित्रा अर्यालले २९४ का साथ पछ्याइरहेकी छिन् । यस्तै एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार चिनबहादुर गुरूङले २४३ पाएका छन् ।