• बैशाख २३ २०८३, बुधबार

इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाई फायर

बैशाख ३१ २०७९, शनिबार

इलाम। इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । शनिबार मतगणना स्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि झडपको अवस्था सिर्जना भएको हो।

आक्रोशित भीडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । झडपमा केही म्यादी प्रहरी घाइते भएका छन् । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् ।

देउमाईमा मेयरका उम्मेद्धवार एमालेका सूर्य पोखरेल र गठबन्धनबाट काँग्रेसका होम दुलालबीच प्रतिष्पर्धा भैरहेको छ । प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।