काठमाडौँ। तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ ।
मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ । जोशी एमालेको समेत समर्थनमा मेयरको उम्मेदवार बनेका हुन् ।