• बैशाख २३ २०८३, बुधबार

सप्तरीमा मतदान अधिकृत कुटिए, मतपेटिका पनि तोडफोड

बैशाख ३० २०७९, शुक्रबार

सप्तरी । सप्तरीको एक मतदानस्थलमा मतपेटिका तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

घट्नापछि मतदान स्थगित भएको छ । आज मतदान हुने सम्भावना कम रहेको निर्वाचन अधिकृत मगरले बताए ।